WELCOME TO NWSSTC


राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रको संक्षिप्त चिनारी

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र खानेपानी तथा सरसफाइ क्षेत्रका सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्ने अग्रणी निकायको रूपमा कार्यरत छ । सन् १९८३ देखि UNDP, WHO, UNICEF जस्ता राष्ट्र संघीय संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा जनसाधन विकास एकाईको रूपमा स्थापना भई हाल राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्रको रूपमा कार्यरत रहँदै आएको छ। जनशक्ति, तालिम भवन र अन्य लजिस्टिक सामग्रीहरू उपलब्ध रहेको यो केन्द्र प्राकृतिक रूपले सुन्दर एवं रमणीय स्थान नगरकोटमा अवस्थित छ । सन् २०१४ मा यस प्रशिक्षण केन्द्रले ISO 9001: 2008 Quality Management System Certified Training Center को मान्यता हासिल गरेको थियो भने हालै सन् २०१७ मा भएको अडिट पश्चात यस केन्द्रको ISO मान्यता अद्यावधिक गरी ISO 9001: 2015 Quality Management System Certified Training Center को मान्यता प्राप्त भएको छ । ISO 9001: 2015 QMS मा अद्यावधिक गरिएको छ । यस केन्द्रले Water Operators Partnership सम्बन्धमा उल्लेखनीय कार्य गरे बापत अन्तर्राष्ट्रिय स्तरको Water Link Award 2015 समेत प्राप्त गरेको छ ।

अनुसन्धान र प्रशिक्षणको माध्यमबाट खानेपानी तथा सरसफाइ क्षेत्रका संघ-संस्थाहरू, सरोकारवालाहरू र उपभोक्ताहरूको क्षमता विकास, नवीनताको प्रवर्द्धन तथा प्रविधिको विकास गर्ने सोच सहित यस प्रशिक्षण केन्द्र क्षमता अभिवृद्धि, अनुसन्धान, साझेदारी विकास र सञ्जाल निर्माण तर्फ क्रियाशिल छ । जसको लागि यस केन्द्रको सहजीकरणमा क्षेत्रगत Training Need Assessment, Training Norms Revision, WaSH Expo, Capacity Development Master Plan, Development of Roster of Training Experts, Capacity Gap Assessment of WaSH-CCs, Documentation and Archiving आदि पक्षहरू सम्बन्धी कार्यहरू संचालित छन् । यस केन्द्रले भविष्यमा स्तरीय प्रशिक्षण म्यानुअल, अनलाइन कोर्स तथा तालिम सूचना व्यवस्था प्रणाली विकास गर्ने सोच बोकेको छ ।

यस केन्द्रद्वारा हाल सम्म प्राविधिक, ब्यबस्थापकीय, सामाजिक-सांस्कृतिक, नेतृत्व एवं संस्थागत विकास, ट्रिगरिंग र सचेतना निर्माण, सूचना तथा ज्ञान व्यवस्थापन, साझेदारी निर्माण, योजना तर्जुमा तथा अनुगमन, खानेपानी संरचना एवं गुणस्तर, विद्यालय सरसफाइ, पूर्ण सरसफाइ, वातावरणीय प्रभाव मूल्यांकन, जलवायु परिवर्तन, जोखिम व्यवस्थापन, बर्षातको पानी संकलन, फोहर पानी प्रशोधन तथा फोहरमैला व्यवस्थापन, पाइप जडान, पानीको चुहावट नियन्त्रण, मर्मत सम्भार, निर्माण व्यवस्थापन, प्रशासन तथा वित्त व्यवस्थापन, सामाजिक समानता तथा लैंगिक समाबेशीकरण, प्रस्तावना तथा प्रतिवेदन तैयारी आदि विषयवस्तुहरूमा प्रशिक्षण तथा अभिमुखीकरण सम्पादित भएका छन् । साथै २०७३ फागुन ९ देखि १५ गते सम्म मन्त्रालयको अगुवाई र WSSCC को सहकार्यमा “महिनाबारी व्यवस्थापन” सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सञ्चालन गरिएको थियो । सो अघि, माघ २७ र २८ मा मन्त्रालयकै अग्रत्वमा महिनाबारी व्यवस्थापन सम्बन्धी २ दिने उच्चस्तरीय नीतिगत परामर्श कार्यशालाको पनि सञ्चालन गरिएको थियो ।

सोही बर्ष प्रशिक्षण केन्द्रले WHO Nepal समेतको सहयोग र सहकार्यमा "Sanitation Safety Planning" सम्बन्धी कार्यशाला तथा अभिमुखीकरण सञ्चालन गरी सरसफाइ सुरक्षा योजनाको अवधारणा छानिएका केही सरसफाइ प्रणालीहरुमा पाइलटिङ्गका रुपमा लागु गर्ने सोचका साथ कार्य अघि बढाइएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा बिषयगत प्रशिक्षण प्रदान गर्ने एक मात्र राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र हुनुको नाताले यस केन्द्रले सरकारी श्रोतबाट सञ्चालन हुने प्रशिक्षण एबम् सेमिनार तथा कार्यशालाहरूका अतिरिक्त अन्य क्षेत्रगत सरोकारवालाहरूको लागि समेत कार्यक्रम सञ्चालन गरिदिने वा सो का लागि प्रशिक्षण केन्द्रका सुविधाहरू सुलभ तवरले उपलब्ध गराउन बिशेष ध्यान दिईंदै आइएको छ।

बिगतमा झैं गत बर्ष पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरू सङ्गको व्यावशायिक सहकार्य निरन्तर रह्यो । यस केन्द्रले सन् २०१७ जुन महिनामा भुटानका पम्पिङ खानेपानी प्रणाली संचालन गरी रहेका प्राविधक/ईञ्जिनीयरहरूका लागि पम्प सञ्चालन सम्बन्धी ७ दिने तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिमको फलस्वरूप प्रशिक्षार्थिहरूले त्यहाँको पेमाग्यात्सेल जिल्ला स्थित ४/५ महिना देखि सञ्चालन अवरुद्ध रहेको भुटानकै पहिलो पम्पिङ्ग खानेपानी प्रणाली मर्गत गरी पुन: सेवा सञ्चालनमा ल्याउन सफल भएको खबर प्राप्त भएको छ । सो आयोजनाको डिजाईन तथा निर्माणको सुपरिेवेक्षण खानेपानी तथा ढल निकास बिभाग कै पूर्व-ईञ्जिनियरहरू द्वारा सम्पन्न भएको थियो ।


Date Training
Jan-27 - Feb-04 Postponned-Planning and design of WW Management System for SD/Engineers
Jan-19 - Jan-20 Disability inclusive WASH for Engineering & WaSH professionals (10:30 - 12:30 Hrs)
Jan-12 - Jan-21 FSM / FSTP planning and design Training for SD/Engineers (see Downloads for Trg materials)
Dec-05 - Dec-09 O&M of Lifting w/s system for WUSC pump operators
Nov-22 - Nov-28 Plumbing Training for WUSC staff
Oct-05 - Oct-06 Training on Pipeline Network Analysis and Pipeline Network operations for Managers & Decision Makers
Sep-12 - Oct-04 Orientation Training to DWSSM new engineers
Sep-04 - Sep-06 Postponned__Orientation to 'FSM for 'Elected representatives / executives at Local Governments'
Sep-02 - Sep-08 Pump Operators' training
Aug-24 - Aug-24 Workshop on "WASMIP II-review of achievements and way forward" for DWSSM officials
Aug-08 - Aug-10 Technical Orientation of DWSSM officials on Technical and Managerial issues
Feb-15 - Feb-28 Master ToT on 'Planning, Design and Operational aspects of FSM system'
Dec-31 - Jan-04 ToT for WaSH activists, volunteers, promoters on 'WaSH in combating Covid 19 pandemic' [the date is tentative]
Dec-25 - Dec-27 Orientation for Local Level Officials on 'WaSH in combating Covid 19 pandemic' [the date is tentative]
Dec-15 - Dec-18 Orientation for WUSC management officials on 'WaSH in combating Covid 19 pandemic' [the date is tentative]
Dec-10 - Dec-13 WASMIP Basic Training for WUSC officials
Nov-12 - Nov-13 WASMIP ToT for engineers
Nov-07 - Nov-12 Planning, Design and Operational aspects of Pumping Station for Water Supply and Small Lift Irrigation Systems
Oct-21 - Oct-21 Pre-orientation of WASMIP TOT for engineers
Oct-16 - Oct-20 ToT for WaSH activists, volunteers, promoters on 'WaSH in combating Covid 19 pandemic'
2023 Apr 05 नेपाल खानेपानी संस्थान अन्तगर्त कार्यरत प्लम्बरहरुको ५ दिने तालिम संचालन भई रहेको ।
2022 Jan 05 २०७८ पौष २१-२५, लेटाङ (मोरङ): प्रदेश १ अन्तर्गतका उपभोक्ता संस्थाहरुका लागि ' खानेपानी प्रणाली व्यबस्थापन सुधार' आधारभूत प्रशिक्षण सम्पन्न
2022 Jan 03 २०७८ पौष १9-२6, खुर्कोट (सिन्धुली): उपभोक्ता संस्थाहरुका प्लम्बरहरुका लागि 'खानेपानी प्रणाली मर्मत संभार' प्रशिक्षण सम्पन्न
2021 Sep 16 खानेपानी तथा ढल व्यवस्थापन विभागमा नया नियुक्ति लिएका ईन्जीनिरहरुका लागि मिति २७ भाद्र देखि १९ असोज २०७८ सम्म Orientation तालिम संचालन भई रहेको छ ।
2021 Aug 29 खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुले विभागका सम्बद्ध कार्यका लागि सम्पर्क गर्न ठेगाना
2021 Aug 02 WASMIP News
2020 Dec 15 A 5 days Training Program on 'WaSH for combating Covid 19 pandemic for WaSH professionals' from 2077.6.30 to 2078.7.4 has been completed.
2020 Dec 15 A Three days Training Program on 'WaSH for combating Covid 19 pandemic for WUSCs' from Manshir 29 to Poush 2, 2078 has been completed.
2020 Nov 27 बिभिन्न निकायहरू बाट तालिममा सहभागि पठाउने सम्बन्धी सूचना:
2019 Jan 18 NWSSTC organized a five days Training Program on e-GP for DWSSM officials, from 07 to 11 Magh 2075.
2018 Oct 04 डिभिजन प्रमुखहरुका लागि Climate Change & WaSH विषयक अभिमूखिकरण कार्यक्रम (२०७५।०६।२१ देखि २३) सम्पन्न
2018 Jul 10 WASMIP-II Training Programs to WUSC Technicians Completed
2018 Jan 18 A six days Training Program on Design of Pumping Stations for Water Supply Systems from 13 to 18 Magh 2075 has been completed.
2022 Feb 25 List of Curriculum of Training Events @ NWSSTC- 2078 Download
2022 Jan 28 Schedule- Workshop+Training on Sewerage Management (13-21 Magh 2078) Download
2021 Aug 30 Sanitation Safety Plan (SSP) Manual in Nepali (Final Draft-2076) Download
2021 Aug 27 Manual Rehabilitation Download
2021 Aug 27 Seminar WASMIP II Download
2021 Aug 27 Training Implementation Guideline Download
2021 Aug 27 Manual Rehabilitation Download
2021 Aug 27 WASMIP Program Information workshop Download
2021 Aug 26 Manual of Rehabilitation Works_ver2_Final Download
2021 Aug 26 Seminar_WASMIP-II_20210824 Download
2021 Aug 26 WASMIP II Workshop on review of achievements and wayforward 2021 Aug 24 Download
2021 Aug 26 WASMIP PROGRAM INFORMATION WORKSHOP Bhadra 8 Download
2021 Aug 02 Annual Training Calendar FY 2078/79 Download
2020 Nov 24 ToT of WaSH activists on 'WaSH in combating Covid pandemic' Download
2020 Nov 24 Pipeline network design using EPANET Download
2020 Nov 24 Pumped WS system design Download
2020 Nov 24 Environmental Assessment of Development Projects/Programs Download
2020 Nov 24 Training Calendar-2077/078 Download
2020 Nov 19 Nepal WaSH SDP (Draft 2017)-cover page Download
2020 Nov 19 Nepal WaSH SDP (Draft 2017)-Summary Download

Chief, NWSSTC

Raju Mahat
Raju Mahat
rjum.mt@gmail.com
Phone : 014422013

Information Officer

Bhojendra Aryal
Bhojendra Aryal
bjenaryal@yahoo.com
Phone : 01 - 4422013